Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप आइसक्यो

नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप आइसक्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म कुल ९७ लाख ८२ हजार ८५० डोज कोरोना विरुद्धको खोप आइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार विभिन्न देशहरुबाट गरी नेपालमा कुल ९७ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

उनका अनुसार शुक्रबार चीनबाट खरिद गरिएको ४० लाखमध्ये अन्तिम खेपको ८ लाख डोज खोप आएसँगै ९७ लाख ८२ हजार ८५० डोज खोप भित्रिएको हो । मन्त्रालयका अनुसार शुरुमा भारत सरकारबाट अनुदानमा १० लाख कोभिशिल्ड खोप प्राप्त भएको हो । यसैगरी भारतबाट नेपाली सेनालाई एक लाख डोज खोप प्राप्त भएको थियो । भारतसँग सरकारले २० लाख डोज खोप खरिद सम्झौता गरेकोमा १० लाख आइपुगेको छ भने १० लाख आउन बाँकी छ ।

कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार खोप आएको हो । चीन सरकारले अनुदानमा १८ लाख डोज भेरोसेल खोप दिइसकेको छ । यसैगरी चीनसँग सरकारले खरिद गरेको ४० लाख डोज खोप पनि आइसकेको छ । यसैगरी अमेरिकााट एक डोज मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० डोज आइसकेको छ । यी सबै खोपहरु प्राप्त हुनासाथ नागरिकलाई प्राथमिकताका आधारमा दिनका लागि खोप अभियानहरु सञ्चालन भइरहेका छन्।

नेपालमा हालसम्म ३७ लाख ७९ हजार ९३२ जनाले कोभिड विरुद्धको पहिलो मात्रा लगाएका छन्। यसैगरी १६ लाख २१ हजार ७५४ जनाले कोरोना विरुद्धको दुबै डोज खोप लगाइसकेका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार