Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एआइएनद्वारा फ्रन्टलाइनमा खटिने स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

एआइएनद्वारा फ्रन्टलाइनमा खटिने स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

हेल्थ टिभी अनलाइन \काठमाडौं : एआइएन (एसोसिएशन अफ इन्टरनेशनल एन्जीओज इन नेपाल) ले कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार एआइएनका अध्यक्ष डा सुशील कोइरालाले स्वास्थ्य पत्रकारहरुको छाता संगठन स्वास्थ्य पत्रकार मञ्चलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै डा कोइरालाले कोभिड महामारीका बेला पनि जोखिम मोलेर रिपार्टिङमा फिल्डमा निस्कनुपर्ने स्वास्थ्य पत्रकारका लागि केही भए पनि सुरक्षित रहन सहयोग पुगोस भने यी स्वास्थ्य सामग्री प्रदान गरिएको जनाए ।

यसरी सहयोग गरिएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, सेनिटाइजर, फेस सिल्ड, अक्सिमिटर, डिजिटल थर्मेमिटर, साबुन लगायतका सामग्री रहेका छन्। उक्त सामग्री साढे ३ लाख बराबरको भएको डा कोइरालाले बताए ।

पत्रकारका लागि दिइएको स्वास्थ्य सामग्री एआइएनको समन्वयमा आइपास, डामियन फाउन्डेसन, आड्रा नेपाल, वाटर एड, एफएचआई लगायतका ६ वटा संस्थाहरुले उपलब्ध गराएका हुन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार