Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ३६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दिन प्रतिदिन उकालो लाग्दै गएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ६६१ नमुना परीक्षण गर्दा थप ३६ सय ११ जनामा कोरोना पुष्टि भएको हो । उता देशभर गत २४ घण्टामा २७ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।

आज १८ सय १६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर ३१ हजार १४ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार