Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा बिहिबार ३० हजार ७०८ जनाले लगाए भेरोसेलको पहिलो मात्रा खोप

काठमाडौंमा बिहिबार ३० हजार ७०८ जनाले लगाए भेरोसेलको पहिलो मात्रा खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमडौंमा साउन १४ गते ३० हजार ७०८ जनाले कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा लिएका छन्।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६६ वटा खोप केन्द्रहरुबाट उनीहरुले यो खोप लगाएका हुन्। सरकारले साउन १४ देखि १८गतेसम्म ५० वर्ष माथिका उमेर समूह, विदेश जाने नेपाली नागरिक, शिक्षक, प्राध्यापक, अत्यावश्यक सेवाका कर्मचारीलाइ भेरोसेलको पहिलो मात्रा खोप दिने भएको हो ।

महानगरका ३२ वटै वडामा ५० वर्ष माथिका उमेर सूमहलाई खोप लगाउन व्यवस्था मिलाइएको छ । उता विदेश जानेका लागि प्रहरी अस्पताल र सैनिक अस्पताल तोकिएको छ ।

अत्यावश्यक सेवाका कर्मचारीका लागि वीर, त्रिवि शिक्षण अस्पताल, सिभिल र टेकु अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार