Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ललितपुरमा ४५ वर्ष माथिकालाई आजदेखि भेरोसेल खोप लगाइँदै

ललितपुरमा ४५ वर्ष माथिकालाई आजदेखि भेरोसेल खोप लगाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिका उमेर समूहलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

ललितपुर महानगरले एक विज्ञप्ति जारी गर्दै आजदेखि तीन दिन आइतबारसम्म ४५ वर्ष र सो भन्दा माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने जनाएको हो ।

ललितपुर महाजगरका प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप कार्यक्रम २९ वटै वडामा संचालन हुनेछ । उनले आफनो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह समेत गरेका छन्। यसका साथै साउन १५, १६ र १७ गते भेरोसेल खोप लगाइकसेपछि १८ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने पनि जनाइएको छ ।

खोप लगाउनका लागि आफनो उमेर खुल्ने परिचय पत्र अनिवार्य रुपमा लिएर जानुपर्नेछ । उता काठमाडौंमा हिजोदेखि अभियान सुरु भएको छ भने त्यहाँ ५० वर्ष माथिकालाई खोप लगाइँदैछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार