Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ३३६५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

थप ३३६५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार २४२ जनामा कोरोना परीक्षण गरिएकोमा ३३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ३९० पुगेको छ । यीमध्ये २७ हजार ३५५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। उता आइसीयूमा ६३६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटरमा रहनेको संख्या १६० रहेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार