थप ३३६५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार २४२ जनामा कोरोना परीक्षण गरिएकोमा ३३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ३९० पुगेको छ । यीमध्ये २७ हजार ३५५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। उता आइसीयूमा ६३६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटरमा रहनेको संख्या १६० रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा