Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा आजदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै

काठमाडौंमा आजदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंमा आजदेखि ५० वर्ष माथिका सबैलाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार यसअघि खोप लगाउन छुटेका ५० वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोपको पहिलो मात्रा दिइने भएको हो । त्यसका लागि ३२ वटा वडा कार्यालयका खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ ।

यसका साथै विद्यालयका शिक्षक तथा विश्व विद्यालयका प्राध्यापकहरुलाई पनि यो खोप दिइनेछ । उता यसअघि खोप लगाउन छुटेका अत्यावश्यक सेवाका कर्मचारीलाई पनि यसअपटकको अभियानमा खोप दिइने भएको हो । खोप अनिवार्य गरेका देशमा जाने  नेपाली नागरिकलाई पनि खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री खड्काले जनाए ।

खोप बिहान १० बजेदेखि ५ बजेसम्म चल्नेछ । खोप लगाउनका लागि आफनो उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्नेछ । अन्यको हकमा आफू कार्यरत संस्थाले दिएको फोटो सहितको परिचप पत्र भए पुग्छ भने विदेश जानेको हकमा पासपोर्ट र भिसा देखाउनुपर्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार