काठमाडौंमा आजदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंमा आजदेखि ५० वर्ष माथिका सबैलाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार यसअघि खोप लगाउन छुटेका ५० वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोपको पहिलो मात्रा दिइने भएको हो । त्यसका लागि ३२ वटा वडा कार्यालयका खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ ।
यसका साथै विद्यालयका शिक्षक तथा विश्व विद्यालयका प्राध्यापकहरुलाई पनि यो खोप दिइनेछ । उता यसअघि खोप लगाउन छुटेका अत्यावश्यक सेवाका कर्मचारीलाई पनि यसअपटकको अभियानमा खोप दिइने भएको हो । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री खड्काले जनाए ।
खोप बिहान १० बजेदेखि ५ बजेसम्म चल्नेछ । खोप लगाउनका लागि आफनो उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्नेछ । अन्यको हकमा आफू कार्यरत संस्थाले दिएको फोटो सहितको परिचप पत्र भए पुग्छ भने विदेश जानेको हकमा पासपोर्ट र भिसा देखाउनुपर्नेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा