Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा भोलिदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप दिइँदै

काठमाडौंमा भोलिदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा भोलि बिहिबारदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार चीनबाट ल्याइएको भेरोसेल खोप भोलिदेखि ५० वर्ष माथिका सबै नागरिक, विद्यालय तथा विश्व विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक सहचालक तथा खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई खोप दिइने भएको हो । खोप अभियान भोलि साउन १४ देखि १८ गतेसम्म चल्नेछ । खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकका लागि भने विरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल महाराजगंज तोकिएको छ ।

५० वर्ष माथिका व्यक्तिले आफनो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन काठमाडौंका ३२ वडामा जान सक्नेछन् भने लक्षित समूहको हकमा आफूले काम गर्ने संस्थाले दिएको फोटोसहितको परिचय पत्र देखाएर खोप लगाउन सकिने खड्काले जनाए । यसका साथै विदेश जानेको हकमा भने भिसा र पासपोर्ट देखाउन सकिनेछ ।

अत्याश्यक सेवामा काम गर्ने कर्मचारीका लागि वीर अस्पताल, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल तथा राधास्वामी आइसोलेसन सेन्टर तोकिएको छ ।

सरकारले चीन सरकारसँग ४० लाख डोज भेरोसेल खोप खरिद सम्झौता गरेको थियो । सोही बमोजिम खोप आउने क्रम जारी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार