थप ३८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ हजार ८०८ नमुना परीक्षण गर्दा थप ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हाे । याेसँगै देशभर कुल कोरोना संक्रमतिको संख्या ७ लाख ८६ हजार ६५७ पुगेको छ ।
यसैगरी आज देशमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्तालयले जनाएको छ । योसहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७९१ पुगेको छ । यसैगरी हालसम्म ६ लाख ४९ हजार ७२ जना निको भइसकेकाे मन्त्तालयले जनाएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा