Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ३८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

थप ३८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  १५ हजार ८०८ नमुना परीक्षण गर्दा थप ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हाे । याेसँगै देशभर कुल कोरोना संक्रमतिको संख्या ७ लाख ८६ हजार ६५७ पुगेको छ ।

यसैगरी आज देशमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्तालयले जनाएको छ । योसहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७९१ पुगेको छ । यसैगरी हालसम्म ६ लाख ४९ हजार ७२ जना निको भइसकेकाे मन्त्तालयले जनाएको छ ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार