Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जोन्सन एण्ड जोन्सन खोप कसले लगाउन मिल्छ ? कसले मिल्दैन ?

जोन्सन एण्ड जोन्सन खोप कसले लगाउन मिल्छ ? कसले मिल्दैन ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोपकाबारेमा धेरै भ्रम बाहिर आएपछि सरकारले यो खोप कसले लगाउने र कसले नलगाउने भनेर यसको प्रयोग तथा संचालनसम्बन्धी अन्तरिम मार्गदर्शन- २०७८ ल्याएको छ । सो बमोजिम जोन्सन एण्ड जोन्सन खोप लगाउन मिल्ने अवस्था यस्ता छन् :
१८ वर्ष माथिका सबै उमेर समूह
स्तनपान गराइरहेका महिला
गर्भती महिला
अत्यधिक तौल भएका गर्भवती
उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोग भएका गर्भवती महिला
फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी
यी समूहले जोन्सन एण्ड जोन्सन खोप लगाउन सक्नेछन्। तर गर्भवती महिलाले भने आफनो चिकित्सकको सल्लाह लिएर मात्र खोप लिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी खोप लिन नहुने अवस्थाहरु यस्ता छन्:
पहिले कुनै खोप वा इन्जेक्सन लगाउाँ गम्भीर रियाक्सन भएका व्यक्ति
१८ वर्षभन्दा कम उमेरका
यसअघि कोरोना विरुद्धको कुनै पनि खोप लिएका व्यक्ति
हाल गम्भीर बिरामी भएका व्यक्ति
प्यासिभ एन्टीबडी थेरापी लिएका व्यक्ति
प्लाज्मा थेरापी लिएका व्यक्तिले ९० दिनपछि मात्र खोप लिन सक्नेछन्।
यसैगरी यो खोप लगाइसकेपछि ज्वरो आउने, वान्ता हुने, खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने आलस्य हुने जस्ता लक्षण देखिन सक्ने बताइएको छ । यो खोप एक डोज मात्र दिए पुग्छ । यसले १४ दिनपछि खोप लगाएको व्यक्तिमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता विकास गर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार