Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुबै डोज खोप लगाएकी एक डाक्टरमा तेस्रोपटक कोरोना संक्रमण

दुबै डोज खोप लगाएकी एक डाक्टरमा तेस्रोपटक कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको मुम्बईमा एक डाक्टरमा तेस्रोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मुम्बईको मुलंड क्षेत्रमा बस्ने र सोही ठाउँको स्थानीय अस्पतालमा काम गर्ने डा सृष्टि हलारीले कोरोना विरुद्धको दुबै डोज खोप लिएको भए पनि उनलाई डेढ वर्षमा तेस्रोपटक कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई यसअघि दोस्रोपटकसम्म संक्रमण भएर आइसोलेसनमा बसेकी थिइन्। यसपटक उनको पूरै परिवारमा कोरोना संक्रमण देखिएको बताइएको छ जबकी उनको परिवारका सबै सदस्यले खोप लगाइसकेका छन्।

विज्ञहरुले एउटै भाइरसका कारण नभई भाइरसले रुप परिवर्तन गरेर संक्रमण गराएको हुनसक्ने बताएका छन्। एउटै भाइरसले बारम्बार संक्रमण गर्न नसक्ने हुँदा कोरोना भाइरसको थप म्युटेसन भएर फरक रुपमा संक्रमण गरेको हुनसक्ने उनीहरुले जनाएका छन्। डा हलारीमा तेस्रोपटक संक्रमण देखिएपछि उनको नमुना लिएर जिन सिक्वेन्सिङ गरिने भएको छ ।

जिन सिक्वेन्सिङको रिपोर्ट आएपछि मात्र कुन भाइरसले संक्रमण गराएकोमा हो भन्ने बारेमा भन्न सकिने बताइएको छ ।

एबीपी न्यूजबाट :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार