Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दिल्ली पठाइएका सबै नमुनामा डेल्टा भेरियन्ट पुष्टि, तीन नमुनामा थप म्युटेसन

दिल्ली पठाइएका सबै नमुनामा डेल्टा भेरियन्ट पुष्टि, तीन नमुनामा थप म्युटेसन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा थप म्युटेसन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको दिल्लीमा जिन सिक्वेन्सिङ गर्दा तीन नमुनामा थप म्युटेसन भएको पाइएको जनाएको हो ।

मन्त्रालयले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट नमुना संकलन गरी ४७ वटा नमुनालाई असार ३० गते जिन सिक्वेन्सिङ गर्न भारतको दिल्ली पठाएको थियो ।

ती नमुनाहरुको जिनोमिक पहिचान गर्दा सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । यसैगरी तीनवटा नमुनामा भने थप म्युटेसन भेटिएको छ । जसलाई ‘ए वाइ वान’ नाम दिइएको छ ।

मन्त्रालयले यो भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहलाई असर गर्ने भएकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार