दिल्ली पठाइएका सबै नमुनामा डेल्टा भेरियन्ट पुष्टि, तीन नमुनामा थप म्युटेसन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा थप म्युटेसन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको दिल्लीमा जिन सिक्वेन्सिङ गर्दा तीन नमुनामा थप म्युटेसन भएको पाइएको जनाएको हो ।
मन्त्रालयले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट नमुना संकलन गरी ४७ वटा नमुनालाई असार ३० गते जिन सिक्वेन्सिङ गर्न भारतको दिल्ली पठाएको थियो ।
ती नमुनाहरुको जिनोमिक पहिचान गर्दा सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । यसैगरी तीनवटा नमुनामा भने थप म्युटेसन भेटिएको छ । जसलाई ‘ए वाइ वान’ नाम दिइएको छ ।
मन्त्रालयले यो भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहलाई असर गर्ने भएकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा