Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फेरि उकालो लाग्दै संक्रमण : २४ घण्टामा झण्डै ४ हजार नयाँ संक्रमित थपिए

फेरि उकालो लाग्दै संक्रमण : २४ घण्टामा झण्डै ४ हजार नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण फेरि उकालो लाग्ने क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ३८ सय ३९ जना अर्थात झण्डै ४ हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।

हिजो ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो भने अस्ति आइतबार २२ सय ३७ जनामा संक्रमण देखिएको थियो । यो क्रम हेर्ने हो भने पनि दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । सक्रिय संक्रमितको संख्या बढेर २८ हजार ८३६ पुगेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी केही दिन यता कोरोना परीक्षण नै धेरै भएकाले धेरै संख्या देखिएको भए पनि संक्रमणदर पनि बढिरहेको बताउँछन्।उनले भने, ‘निषेधाज्ञा भइरहँदा पनि संक्रमण दर घट्नुको सट्टा झनझन बढ्दै गइरहेको छ यो सबैको लागि चिन्ताको विषय हो।’

यसैगरी आज २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ । हाल ७ लाख ४२ हजार ८१७ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये ६ लाख ४७ हजार ७९ जना भने संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार अझै पनि ११ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार