कोरोनाको तेस्रो लहरको संकेत : अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्यको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा लागू गरिएको भए पनि कोरोन संक्रमण दर नघटेको भन्दै अब आउने लहरसँग लड्नका लागि प्रदेश तथा केन्द्रमा अक्सिजन सिलिन्डर भरेर राख्न भनेको हो । विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर भरेर प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न अनुरोध गरिन्छ ।’
साथै विज्ञप्तिमा मौजुदा सिलिन्डर पनि खाली नराखी सबै भरेर राख्न तथा अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक कन्सन्ट्रेटर लगायतलाई चुस्त दुरुस्त राख्न पनि निर्देशन दिइएको छ ।
नेपालमा लकडाउन खुकुलो भएयता संक्रमण दर घट्न सकिरकोे छैन् भने केही दिन यता संक्रमण र मृत्यु दुवै बढ्ने क्रम देखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा