Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बढ्दै संक्रमण : आज ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

बढ्दै संक्रमण : आज ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण फेरि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ३४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार २७२ जनाको परीक्षण गरिएकोमा ३४ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज मृत्यु भएकासहित गरी देशमा कोरोना संक्रमण भएर हालसम्म ९ हजार ७३८ जनाले ज्यान गुमाएका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुकुलो भए यता कोरोना संक्रमण पुन उकालो लाग्ने क्रममा देखिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार