बढ्दै संक्रमण : आज ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण फेरि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ३४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार २७२ जनाको परीक्षण गरिएकोमा ३४ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज मृत्यु भएकासहित गरी देशमा कोरोना संक्रमण भएर हालसम्म ९ हजार ७३८ जनाले ज्यान गुमाएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुकुलो भए यता कोरोना संक्रमण पुन उकालो लाग्ने क्रममा देखिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा