Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विदेश जानेले काठमाडौंका यी दुई अस्पतालमा गएर खोप लगाउन सक्ने

विदेश जानेले काठमाडौंका यी दुई अस्पतालमा गएर खोप लगाउन सक्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : विदेश जानेले अबदेखि काठमाडौंको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोना खोप लगाउन सक्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक तथा विद्यार्थीले आफनो भिसा र पासपोर्ट देखाएर नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल गएर खोप लगाउन सक्ने जनाएको छ। विदेश जानेलाई सरकारले यसअघि नै कोरोना खोपको प्राथमिकताको सूचीमा राखेको छ ।

यसैगरी काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । अब विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार