देशभर थप २२३७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८३४ जनामा परीक्षण गर्दा २२ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार २२८ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा