काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप
हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा साउन २० गतेसम्म जारी रहने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोरोना संक्रमण कम नभएकाले अझै १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
योसँगै अब साउन २० गतेसम्मनिषेधाज्ञा लागू हुनेछ । यसअघि जारी गरेको निषेधाज्ञाको समय आज राती १२ बजे सकिने भएपनि प्रमुख जिल्ला अधिकारीहरु बैठकल बसेर यस्तो निर्णय गरेका हुन्।
यसअघि जारी गरेको निषेधाज्ञाकै नियमहरु यसपटक पनि लागू हुने बताइएको छ । जस अनुसार स्कूल, कलेज, पार्टी, नाचघर, सिनेमाघर लगायतका बढी भिडभाड हुने स्थानहरु बन्द नै रहने छन्। सबै प्रकारका सभा -सम्मेलन, जुलुस आमसभालाई पनि बन्देज गरिएको छ ।
नेपालमा कोरोनको दोस्रो लहर आएपछि सरकारले यसलाई रोकथाम र नियन्त्रण गर्ने भन्दै गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको थियो जुन अब साउन २० सम्म रहनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा