स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रुपमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ लिटिल एन्जल्स स्कूलका संस्थापक एवम नीजि विद्यालयहरुको छाता संगठन प्याब्सनका पुर्व अध्यक्ष हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा