Health TV Online
Health TV Online

चीनबाट आज थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

चीनबाट आज थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनबाट कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।

चीनको वेइजिङबाट नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप आज दिउँसो काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीन सरकारसँग ४० लाख डोज खोप खरिद सम्झौता गरेकोमा यसअघि १६ लाख डोज आइसकेको छ । सोही सम्झौता अनुसार आज थप ८ लाख डोज आउन लागेको हो । सरकारले १५ गतेसम्म चीनबाट खरिद गरिएको सबै खोप ल्याइसक्ने बताएको छ ।

यसअघि चीन सरकारले दुईपटक गरेर १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी थप १६ लाख डोज खोप सहयोग गर्ने घोषणा पनि गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार