चीनबाट आज थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनबाट कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।
चीनको वेइजिङबाट नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप आज दिउँसो काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले चीन सरकारसँग ४० लाख डोज खोप खरिद सम्झौता गरेकोमा यसअघि १६ लाख डोज आइसकेको छ । सोही सम्झौता अनुसार आज थप ८ लाख डोज आउन लागेको हो । सरकारले १५ गतेसम्म चीनबाट खरिद गरिएको सबै खोप ल्याइसक्ने बताएको छ ।
यसअघि चीन सरकारले दुईपटक गरेर १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी थप १६ लाख डोज खोप सहयोग गर्ने घोषणा पनि गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा