शनिबार ३११४ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ३१ सय १४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनामा परीक्षण गर्दा ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ ।
हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २५ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने २६ सय ७१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार शनिबार ६५० जनाको आइसीयूमा र १६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण