थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ३०८ जनाको परीक्षण गर्दा २९ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ६७९ पुगेको छ । उता आज मात्रै १६ सय ७८ जना संक्रमित निको भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५ दशमलब ५ प्रतिशत रहेको छ । हाल देशभर २७ हजार ६६१ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा