Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा

लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै गत वैशाखदेखि बन्द गरिएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात अब भने सञ्चालनमा आउने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै लामो दुरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको बताएको छ ।

त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गर्दै अब भने लामो दूरीका सवारीसाधन चल्न पाउने भएका हुन्। यसरी यात्रा गर्दा अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न पनि यात्रुलाई अनुरोध गरिएको छ ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं लगायतका अधिंकाश जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। त्यसयता सार्वजनिक यातायात बन्द थिए । दुई साताअघि सरकारले छोटो दूरीका यातायात खुलाए पनि लामो दूरीकोबारेमा भने निर्णय गरेको थिएन ।

साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन