लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै गत वैशाखदेखि बन्द गरिएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात अब भने सञ्चालनमा आउने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै लामो दुरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको बताएको छ ।
त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गर्दै अब भने लामो दूरीका सवारीसाधन चल्न पाउने भएका हुन्। यसरी यात्रा गर्दा अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न पनि यात्रुलाई अनुरोध गरिएको छ ।
देशभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं लगायतका अधिंकाश जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। त्यसयता सार्वजनिक यातायात बन्द थिए । दुई साताअघि सरकारले छोटो दूरीका यातायात खुलाए पनि लामो दूरीकोबारेमा भने निर्णय गरेको थिएन ।
साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण