आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना विरुद्धको खोप लगाएका सर्वसाधारणको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका चारवटा अस्पतालमा हुने भएको छ।
यसअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण हुँदै आएको थियो । त्यहाँ मात्र प्रमाणीकरण हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या बढाएको हो ।
मन्त्रालयले शुक्रराज अस्पतालसहित मिनभवनमा रहेको निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको छ ।
विदेश जानका लागि कोरोना विरुद्धको खोप लगाएको खोप कार्ड प्रमाणीकरण चाहिने भएपछि विदेश जानेहरु खोप प्रमाणीकरणका लागि अस्पताल धाइरहेका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा