चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीन सरकारसँग खरिद गरिएकोमध्ये ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ बजे अपरान्ह ८ लाख डोज खोप आइपुगेको हो । योसँगै खरिद गरिएको ४० लाखमध्ये १६ लाख डोज आयपुगेको छ । बाँकी खो पनि केही दिनमै आइपुग्ने बताइएको छ ।
सरकारले चीनसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजर सम्झौता गरेको थियो । सोही सम्झौता अन्तर्गत पहिलो खेपमा ८ लाख र आज ८ लाख गरी १६ लाख ल्याइएको हो ।
त्यसो त चीनले दुईपटक गरी १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो भने थप १६ लाख खोप दिने घोषणा समेत गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा