स्वास्थ्य मन्त्रालयले भन्यो -‘संक्रमण दर फेरि बढ्यो, तेस्रो लहरको सामना गर्न तयार भएर बसौं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर उच्च रुपमा बढ्नु भनेको तेस्रो लहरको संकेत भएको भन्दै सबैलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै एक साता यता कोरोना संक्रमण दर उच्च रुपमा बढेको भन्दै तेस्रो लहरमा लड्नका लागि चाहिने अक्सिजन लगयतका सबै स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमण दर बढ्दो अवस्थामा छ । ५ सय भन्दा बढी संक्रमित हुने जिल्ला पनि बढेका छन् । यसैगरी संक्रमित कम भइसकेको जिल्लामा पनि संक्रमण फेरि बढ्न थालेको छ ।’ निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको पनि विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले खोप लगाउने ठाउँमा भिड बढ्दा पनि कोरोनाको जोखिम हुने हुँदा आफनो पालो कुरेर स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाइदिन पनि आग्रह गरेको छ । अहिले बढिरहेको दर हेर्दा कोरोनाको तेस्रो लहरको जोखिम बढेको भन्दै मन्त्रालयले सबै स्वास्थ्य संस्थाले शैया, अक्सिजन तथा अन्य पूर्वाधार चुस्तदुरुस्त राख्न अनुरोध गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण