२४ घण्टामा १२ हजार ८२९ परीक्षण, २७१४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा थप २७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको कोरोना परीक्षण गरिएकोमा २७ सय १४ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर पीसीआर र एन्टीजेन दुवै विधिबाट गरिएको परीक्षणबाट कुल ७ लाख २७ हजार १६९ जनामा कोरोना पुष्टि भएको छ ।
यीमध्ये ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार आज देशभर थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ ।
हाल देशभर २७ हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा