आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज चीनबाट ८ लाख भन्दा बढी भेरोसेल खोप आउने भएको छ।
हिजो चीनको वेइजिङ गएको नेपाल एअरलायन्सको विमान आज अपरान्ह खोप लिएर आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै चीन सरकारसँग ४० लाख भेरोसेल खोपका लागि ‘नन डिस्क्लोजर’ खरिद सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो खेपमा ८ लाख डोज ल्याइसकिएको छ ।
आज दोस्रो खेपमा पनि ८ लाखको आसपासमा खोप आउने मन्त्रालयले जनाएको छ । सरकारले साउन १५ गतेसम्म बाँकी सबै खोप आइपुग्ने बताउँदै आएको छ।
चीन सरकारले यसअघि दुई पटक गरी १८ लाख खोप अनुदानमा दिइसकेको छ भने थप १६ लाख खोप सहयोग गर्ने जनाएको छ । नेपालमा हाल कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका खोप प्रयोगमा आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा