Health TV Online
Health TV Online

आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आउँदै

आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आउँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज चीनबाट ८ लाख भन्दा बढी भेरोसेल खोप आउने भएको छ।

हिजो चीनको वेइजिङ गएको नेपाल एअरलायन्सको विमान आज अपरान्ह खोप लिएर आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै चीन सरकारसँग ४० लाख भेरोसेल खोपका लागि ‘नन डिस्क्लोजर’ खरिद सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो खेपमा ८ लाख डोज ल्याइसकिएको छ ।

आज दोस्रो खेपमा पनि ८ लाखको आसपासमा खोप आउने मन्त्रालयले जनाएको छ । सरकारले साउन १५ गतेसम्म बाँकी सबै खोप आइपुग्ने बताउँदै आएको छ।

चीन सरकारले यसअघि दुई पटक गरी १८ लाख खोप अनुदानमा दिइसकेको छ भने थप १६ लाख खोप सहयोग गर्ने जनाएको छ । नेपालमा हाल कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका खोप प्रयोगमा आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार