Health TV Online
Health TV Online

मंगलबार काठमाडौंमा २३ हजार ८२६ जनाले लगाए जोन्सन एण्ड जोन्सन खोप

मंगलबार काठमाडौंमा २३ हजार ८२६ जनाले लगाए जोन्सन एण्ड जोन्सन खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : मंगलबार अभियानको दोस्रो दिन काठमाडौंमा २३ हजार ८२६ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार मंगलबार काठमाडौंमा २३ हजार ८२६ जनाले जोन्सनको खोप लगाएका हु्न्। सोमबारबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गर्ने शरणार्थीहरु, जोन्सन खोप नै अनिवार्य गरेका देशमा जाने नेपाली र यसअघि छुटेका स्वाथ्यकर्मीलाई खोप दिन सुरु गरिएको हो ।

अमेरिका सरकारले सहयोग स्वरुप दिएको उक्त खोप पहिलो दिन १९ हजार ६७१ जनाले लगाएका थिए । जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । खोप अभियान आजसम्म जारी रहने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार