देशभर थप ३ हजार १०८ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनामा परीक्षण गर्दा थप ३ हजार १०८ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर पीसीआर विधिबाट गरिएको परीक्षणमा ६लाख ७० हजार ९५३ पुगेको छ । यसैगरी गत २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा