Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा १७ वर्षकै उमेरबाट चुरोट सेवन सुरु, कम उमेरमै नसर्ने रोगको शिकार बन्दै

नेपालमा १७ वर्षकै उमेरबाट चुरोट सेवन सुरु, कम उमेरमै नसर्ने रोगको शिकार बन्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा १७ वर्षकै उमेरमा चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ । जसका कारण मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको समस्या पनि कम उमेरदेखि नै देखिन थालेको विज्ञहरु बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनका अनुसार कम उमेरमै चुरोट सेवन गर्नेको संख्या बढेको पाइएको हो ।

सो अध्ययन अनुसार सन् २००७ मा सुर्तीजन्य पदर्था सेवन गर्न सुरु गर्ने उमेर २१ वर्ष थियो । त्यसैगरी सन् २०१३ मा यो उमेर कम भएर १८ वर्षमै सुर्तीजन्य पदार्थको लत सुरु गरेको पाइन्छ । यसैगरी सन् २०१९ मा भने यो उमेर अझै घटेर स्कुलदेखि नै अर्थात १७ वर्षको उमेरदेखि नै चुरोट लगायतका सुर्तीजन्य पदर्था सेवन गर्न सुरु गरेको पाइएको छ । यसरी कम उमेरमै नसर्ने रोगको मुख्य कारक तत्व मानिएको सुर्तीजन्य पदार्थ सेवन गर्नु ठूलो चिन्ताको विषय भएको बताउँछन् नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता डा मेघनाथ धिमाल । उनले यसको सेवन गर्नेको संख्या उस्तै उस्तै देखिए पनि कम उमेरमै सुर्तीजन्य पदार्थ सेवन गर्ने बढेको पाइएको बताए ।

स्मरण रहोस सुर्ती कम्पनीहरुले युवा पुस्ताहरुलाई कम उमेरमै सुर्तीजन्य पदार्थको सेवन गराउनका लागि विभिन्न प्रयास गर्ने गर्छन् ताकी एकपटक निकोटिनको लत लागिसकेपछि उनीहरुले वर्षौसम्म यसको सेवन गरिरहुन् र आफनो व्यापार राम्रोसँग चलोस भन्ने उनीहरुको चाहना हुने गर्छ । त्यसैले किशोरकिशोरी नै उनीहरुको टार्गेटमा पर्छन। तर यही लतले भोलि नसर्ने रोगको भार बोकेर आउँछ र जीन्दगीभर दुख दिन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला मुटुरोग अहिले युवाअवस्थामै देखिन थाल्नुको प्रमुख कारण नै चुरोट सेवन भएको भन्दै यसलाई रोक्नका लागि केही नीतिगत रुपमै काम गर्नुपर्ने बताए । उनले मुटुरोग अब बुढाबुढीको मात्र रोग नभएको समेत जिकीर गरे ।

उता अर्को मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले युवा अवस्थामा साथीहरुको लहै लहैमा चुरोट सिक्ने र पछि यसको लत बसेपछि छोड्नै नसक्ने हुनेको संख्या बढेको र आफनो क्लिनिकमा यस्ता धेरै युवाहरु आउने गरेको बताए । उनले एक खिल्ली चुरोटले पनि ह्दयघातसम्मको अवस्थामा पुराउन सक्ने भन्दै स्कुलहरुदेखि नै सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताए ।

मधुमेह रोग विशेषज्ञ डा ज्योती भट्टराई पनि चुरोट युवापुस्ताको फेसन जस्तै बनेको बताउँछिन्। यसले नजानिंदो ढंगले मधुमेह लगायतका नसर्ने रोग बढाइरहेको उनको भनाई थियो । उनले बाबु आमाले घरमा र सरकारले नीतिगत निर्णय र कानून कार्यान्वयनमा जोड दिएर यो लत छुटाइएन भने भविष्यमा युवापुस्तामा ठूलो समस्या देखिने बताइन्।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ एवम भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले किशोरवास्थामा सुरु गरेको धुम्रपानले ३० वर्ष नपुग्दै मुटु रोग क्यान्सर जस्ता रोगको शिकार बन्दै गइरहेको भन्दै यसलाई रोक्नका लागि भएकै कानूनलाई पूर्ण रुपमा कार्यान्वयन गराउनतर्फ सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिए । उनले युवा पुस्तामा यो समस्या निकै विकराल भएको समेत जनाए । उनले सानै उमेरमा मुख, फोक्सोको क्यान्सर लिएर आफूकहाँ बिरामी आउन थालेको समेत बताए ।

सो अध्ययन अनुसार नेपालमा ४८ दशमलब ३ प्रतिशत पुरुष र ११ दशमलब ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ । यसैगरी एक जना व्यक्तिले महिनामा १ हजार ५० रुपैयाँ सुर्तीजन्य पदार्थका लागि मात्र खर्च गर्ने गरिएको पाइएको छ ।

नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको छ भने ८ प्रतिशत चोटपटक र दुर्घटनाबाट मृत्यु हुने गरेको पाइएको छ । बाँकी २१ प्रतिशत अन्य रोगहरुबाट मृत्यु हुने गरेको तथ्य छ ।

उक्त अध्ययन अनुसार नेपालमा सन् २०१९ मा मृत्यु हुनेहरुमध्ये १७ प्रतिशतको कारण सुर्तीजन्य पदार्थ देखिएको छ । यसैगरी उच्च रक्तचापका कारण १२ प्रतिशत, घरभित्रको वायु प्रदुषणका कारण ११ प्रतिशत, मिर्गाैलामा खराबीका कारण ४ प्रतिशतको मृत्यु भएको पाइएको छ । नेपालमा वर्षेनी सुर्तीजन्य पदार्थको सेवनकै कारण हुने रोगहरुबाट २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

स्मरण रहोस सुर्ती कम्पनीहरुले युवा पुस्ताहरुलाई कम उमेरमै सुर्तीजन्य पदार्थको सेवन गराउनका लागि विभिन्न प्रयास गर्ने गर्छन् ताकी एकपटक निकोटिनको लत लागिसकेपछि उनीहरुले वर्षौसम्म यसको सेवन गरिरहुन् र आफनो व्यापार राम्रोसँग चलोस भन्ने उनीहरुको चाहना हुने गर्छ । त्यसैले किशोरकिशोरी नै उनीहरुको टार्गेटमा पर्छन। तर यही लतले भोलि नसर्ने रोगको भार बोकेर आउँछ र जीन्दगीभर दुख दिन्छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन