काठमाडौंमा सोमबार १९ हजार ६७१ जनाले लगाए जोन्सन एण्ड जोन्सनको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा सोमबार कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप जम्मा १९ हजार ६७१ जनाले लगाएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार अमेरिकाबाट सहयोगमा आएको जोन्सन एण्ड जोन्सन खोप अभियानको पहिलो दिन १९ हजार ६७१ जनाले मात्र लगाएका हुन्। १ लाख ४६ हजार ५२४ जनालई खोप दिने लक्ष्य राखिएको भए पनि पहिलो दिन जम्मा १३ प्रतिशतले मात्र खोप लगाएको पाइन्छ ।
जोन्सन खोपकावारेमा भ्रामक सूचनाहरु बाहिर आएपछि नागरिक यो खोप लगाउन आनाकानी गरेको देखिएको छ । यद्यपी सरकारले यो खोप सुरक्षित रहेको र धेरै देशहरुमा यसको प्रयोग भइरहेको भन्दै डराउन नपर्ने विश्वास दिलाएको छ ।
जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै, नेपालमा बसोबास गरिरहेका शरणार्थी, अपांगता भएका व्यक्ति, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा जोन्सनकै खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई दिने निर्णय गरिएको छ ।
खोप अभियान ६ गतेसम्म चल्नेछ । यो खोप एक डोज लगाए मात्र पुग्ने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा