पछिल्लो २४ घण्टामा देशभर थपिए २४४५ संक्रमित, ३२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २४ सय ४५ नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा थप २४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ । उता कोरोना संक्रमणबाट निको भएर आज १२ सय ५८ जना डिस्चार्ज भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ७ प्रतिशत रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा