जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरिएका देशमा जानेलाई सोही खोप दिइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना विरुद्धको खोप जोन्सन एण्ड जोन्सन नै अनिवार्य गरेका देशहरुमा जाने नेपालीलाई सोही खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही देशहरुले खोपको नाम नै तोकेर जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई मात्र आफ्नो देशमा प्रवेश गर्न दिइने भनेकाले ती देशहरुमा जाने नेपालीलाई जोन्सनकै खोप दिन लागिएको हो ।
यसअघि विदेश जानेलाई भेरोसेल खोप दिने निर्णय गरिएको थियो । आफ्नो भिसा र पासपोर्ट अनिवार्य रुपमा लिएर खोप केन्द्रमा गएर जोन्सनको खोप लगाउन सकिने पनि मन्त्रालयले जनाएको छ ।
केही देशहरुले भेरोसेल खोपलाई मान्यता नदिएका कारण विदेश जानेलाई अमेरिकाले सहयोग स्वरुप दिएको एक डोज लगाए पुग्ने जोन्सनको खोप लगाउन लागिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा