देशभर थप १८०१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ६२८ जनाको कोरोना परीक्षण गरिएकोमा १८ सय एक जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १६ सय ६७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर हालसम्म ९ हजार ५५० जनाको मृत्यु भएको छ ।
नेपालमा अहिले २५ हजार ४८५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा