शनिबार थप १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप १८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६६ जनामा कोरोना परीक्षण गर्दा १८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । उता एन्टिजेन विधिबाट कोरोना पुष्टि हुने ४८ हजार ३६२ रहेको छ ।
हालसम्म कोरोना संक्रमण भएर ९ हजार ५२७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमित २५ हजार ९५२ जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा