साउन १५ गतेभित्र ३२ लाख खोप आउँछ : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले साउन १५ गतेभित्र ३२ लाख कोरोना विरुद्धको खोप नेपाल आइपुग्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउन १५ गतेसम्म कम्तीमा ३२ लाख कोरोना विरुद्धको खोप आइपुग्ने बताएका हुन्।
उनले खोपको प्राथमिकताका आधारमा उमेर समूह निर्धारण गरने भएकाले आफनो पालोमा मात्र खोप लगाउन आग्रह गर्दै सबैलाई लाई पुग्ने गरी खोप आउने समेत जनाएका छन्। साउन ६ गतेबाट चीन सरकारसँग खरिद गरेको ४० लाख मध्येको ३२ लाख खोप १५ गतेसम्म तीन खेप गरेर नेपाल आउनेछ । यसअघि ८ लाख डोज खोप आइसकेको छ । यसैगरी त्यसपछि पनि खोप निरन्तर रुपमा आउने मन्त्रालयले जनाएको छ ।
यसैगरी कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई पनि दोस्रो मात्राको डोजका लागि खोपको व्यवस्था भइसकेकाले नआत्तिन आग्रह गरिएको छ । खोप छिट्टै नै प्राप्त हुने र त्यसलगत्तै खोप अभियान सञ्चालन गरिने समेत मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा