खोप सकिएपछि स्वास्थ्य कार्यालय काठमाडौंद्वारा खोप अभियान स्थगित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : खोप सकिएपछि काठमाडौं स्वास्थ्य कार्यालयले शुक्रबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादृुर खड्काले विज्ञप्ति जारी गर्दै खोप अभियान आजबाट स्थगन गरिएको बताएका हुन्। उनले असार २९ गतेदेखि साउन २ गतेसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गरिएको भए पनि हाल काठमाडौं स्वास्थ्य कार्यालयमा खोपको मौज्दात समाप्त भएकाले अहिलेलाई खोप अभियान स्थगित गर्नुपरेको जनाएका छन्।
सरकारले चीन सरकारसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप ५५ वर्ष माथिका उमेर समूहलाई असार २९ गतेदेखि लगाउन सुरु गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा