यी ९ जिल्लामा छन् पाँच सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर हाल ९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म देशका ९ जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही चितवन, कास्की, मोरङ, सुनसरी, झापामा हाल पाँच सय बढी सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी २६ जिल्लामा अझै पनि २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । धनुषा, बारा, सप्तरी, मकवानपुर, नुवाकोट, धादिङ, बाँके, बर्दिया लगायतका २६ जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षण्बाट ६ लाख ६२ हजार ५७० जनामा कोरोना पुष्टि भएको छ । यसैगरी ९ हजार ४६३ जना संक्रमितको मृत्यु भएको छ । देशमा हाल सबै जिल्लामा गरी २६ हजार ६३९ जना सक्रिय संक्रमित रहेकोमा २४ हजार २५ जना होम आइसोलेसनमा छन् । यसैगरी २ हजार ६१४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। उता ६०२ जना कोरोना संक्रमितको आइसीयूमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा