Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा जारी गरेको छ ।

उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा अझै पनि कोरोना संक्रमण दर कम नभएको भन्दै पुन १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्। यसपटक केही खुकुलो गर्दै १० दिन निषेधाज्ञा जारी गरिएको छ ।

अबदेखि पसलहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने सवारी साधनको हकमा भने पुरानै नियम लागू हुनेछ । लामो दूरीका सवारीसाधन भने अझै पनि खुलेका छैनन्। यसैगरी काठमाडौं उपत्यका प्रवेश गर्नका लागि अबदेखि पास नचाहिने भएको छ ।

विश्वविद्यालयका परीक्षा स्वास्थ्यका मापदण्ड पालना गर्दै २५ जनासम्म राखेर लिन पाइनेछ । सेमिनार गोष्ठीहरु सकेसम्म भर्चुअल रुपमा गर्ने र भौतिक रुपमा जम्मा भएर गर्नै परेमा २५ जनाभन्दा बढी नराखेर स्वास्थ्यका मापदण्ड पालना गरेर गर्न सकिने भएको छ ।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरु भने जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउनेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार