कोरोना नियन्त्रण गर्ने कुनै यन्त्र बनेको छैन, हल्लाको पछि लागेर यस्ता सामान नकिनौँ : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : बजारमा कोरोना नियन्त्रण गर्ने भन्दै व्यापारीहरुले ‘कोरोना गार्ड’ नामक विद्युतीय यन्त्र बेचिरहेको पाइएको छ। यही कुरालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै अहिलेसम्म कोरोना नियन्त्रणका लागि कुनै यन्त्र नबनेको र यसरी अरुको हल्लाको पछि नलाग्न आग्रह गरेको हाे ।
विज्ञापन गर्दै यन्त्रले कोरोना नियन्त्रण गर्ने र भाइरसलाई निष्प्रभावी बनाउने दावी गर्दै बिक्रीमा ल्याइएका विधुतीय यन्त्रहरु नकिन्न मन्त्रालयले अनुरोध गरेको छ । विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड १९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहिन छ सूचनामा उल्लेख छ । अहिलेसम्म कोभिड १९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास नभएको र कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भनेको खोप लगाउने, मास्कको सधैं प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गरेर मात्र भएको पनि मन्त्रालयले जनाएको छ।
यसरी बजारमा चलिरहेको हल्लाको पछाडि नलागी मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने तथा सेनिटाइजरको नियमित प्रयोग गर्न मन्त्रालयको सुझाव छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा