बुधबार काठमाडौंमा ४३ हजार ४५८ जनाले लगाए भेरोसेल खोप, आज ५० केन्द्रबाट खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा बुधबार ४३ हजार भन्दा बढीले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन्।
काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा बुधबार ४३ हजा ४५८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। खोप केन्द्रहरुमा भएको भिडका कारण आजदेखि दुई केन्द्र थप गरी ५० वटा खोप केन्द्रबाट खोप दिन लागिएको पनि खड्काले जनाएका छन्। आज नरदेवीमा रहेको आयुर्वेद अस्पताल र कान्ति बाल अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । योसँगै काठमाडौंमा ५० केन्द्रबाट भेरोसेल खोप दिइने भएको हो ।
सरकारले चीन सरकारबाट खरिद गरिएको भेरोसेल खोप अहिले ५५ वर्ष माथिका उमेर समूहका सबैलाई दिनका लागि २९ गतेदेखि अभियान सुरु गरेको छ । २९ गते अभियानको पहिलो दिन १२ हजार ३७२ जनाले खोप लगाएका थिए । यो अभियान सकिएपछि साउन ४ गतेबाट ५० देखि ५४ वर्षकालाई जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिनेछ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त