आज कोरोना संक्रमण पुष्टि हुने दर २४ प्रतिशतभन्दा बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज कोरोना परीक्षण गरिएका नमुनामध्ये संक्रमण पुष्टि हुने दर २४ दशमलब ८ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रायका सह प्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमितको संख्या घटे पनि संक्रमण हुने दर भने घट्न नसकेको बताएका छन् ।
उनले आज पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये संक्रमण दर २४ दशमलब ८ प्रतिशत रहेको जनाएका हुन्। । यो अहिलेसम्मकै उच्च संक्रमण दर रहेको पनि उनले जिकीर गरे ।
त्यसो त नेपालमा औसतमा कोरोना संक्रमण हुने दर १९ दशमलब २ प्रतिशत रहेको बताइएको छ । तर केही जिल्लाहरुमा भने यो दर अझै पनि उच्च मात्र हैन् बढ्ने क्रममा रहेको डा अधिकारीले आजको प्रेस ब्रिफिङका क्रममा बताएका हुन्। उनका अनुसार हालसम्म नेपालमा सबैभन्दा बढी संक्रमण दर ४४ दशमलब ७ प्रतिशत गण्डकी प्रदेशमा रहेको छ भने कर्णालीमा ४० दशमलब २ प्रतिशत र प्रदेश १ मा ३७ प्रतिशत संक्रमणदर रहेको पाइएको छ । डा अधिकारीले काठमाडौं, भक्तपुर, कैलाली, झापा, मोरङ, सुनसरी, दाङ, रुपन्देही, कास्की, सुर्खेत लगायतका जिल्लामा कोरोना संक्रमण बढदे क्रममा रहेको पाइएको समेत जानकारी दिए ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनाको परीक्षण गरिएकोमा २९ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण