Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज कोरोना संक्रमण पुष्टि हुने दर २४ प्रतिशतभन्दा बढी

आज कोरोना संक्रमण पुष्टि हुने दर २४ प्रतिशतभन्दा बढी

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज कोरोना परीक्षण गरिएका नमुनामध्ये संक्रमण पुष्टि हुने दर २४ दशमलब ८ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रायका सह प्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमितको संख्या घटे पनि संक्रमण हुने दर भने घट्न नसकेको बताएका छन् ।

उनले आज पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये संक्रमण दर २४ दशमलब ८ प्रतिशत रहेको जनाएका हुन्। । यो अहिलेसम्मकै उच्च संक्रमण दर रहेको पनि उनले जिकीर गरे ।

त्यसो त नेपालमा औसतमा कोरोना संक्रमण हुने दर १९ दशमलब २ प्रतिशत रहेको बताइएको छ । तर केही जिल्लाहरुमा भने यो दर अझै पनि उच्च मात्र हैन् बढ्ने क्रममा रहेको डा अधिकारीले आजको प्रेस ब्रिफिङका क्रममा बताएका हुन्। उनका अनुसार हालसम्म नेपालमा सबैभन्दा बढी संक्रमण दर ४४ दशमलब ७ प्रतिशत गण्डकी प्रदेशमा रहेको छ भने कर्णालीमा ४० दशमलब २ प्रतिशत र प्रदेश १ मा ३७ प्रतिशत संक्रमणदर रहेको पाइएको छ । डा अधिकारीले काठमाडौं, भक्तपुर, कैलाली, झापा, मोरङ, सुनसरी, दाङ, रुपन्देही, कास्की, सुर्खेत लगायतका जिल्लामा कोरोना संक्रमण बढदे क्रममा रहेको पाइएको समेत जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनाको परीक्षण गरिएकोमा २९ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन