थप २९०५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार२४ जनाको कोरोना परीक्षण गर्दा २९ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ४३० पुगेको छ । हालसम्म कुल कोरोना संक्रमितको संख्या ७ लाख ६ हजार ७६१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ सय ६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
नेपालमा कोरोना संक्रमण दर १९ दशमलब २ प्रतिशत रहेको छ । तर केही जिल्लाहरुमा संक्रमणद ४२ प्रतिशतसम्म रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण