स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता एक साता भित्रै पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पाउने भनिएको जोखिम भत्ता एक साता भित्र उपलव्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अबको १साता भित्रै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोभिड–१९ का संक्रमितको उपचार र व्यवस्थापनमा खटिएकालाई जोखिम भत्ता उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको हो।
यसअघि नै सरकारले स्वास्थ्यकर्मीलाई पचास प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा