कस्ता बिरामीले कोरोना विरुद्धको खोप नलगाउने ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना विरुद्धको खोप कसले लगाउने कसले नलगाउने भन्ने विषयमा केही मानिसहरुमा अन्यौल भएको देखिन्छ ।
यही अन्यौल कम गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कस्ता व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन भनेर सूचना नै जारी गरेको छ । सो सूचना अनुसार १८ वर्ष भन्दा कम उमेरमा व्यक्ति, खोपको पहिलो मात्रा लगाएपछि गम्भीर लक्षण देखिएका व्यक्ति, गम्भीर बिरामी तथा उच्च ज्वरो आएका व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन्। पहिला कुनै खोप वा औषधिबाट गम्भीर साइड इफेक्ट भएकाहरुलाई पनि कोरोना खोप नलगाउन सल्लाह दिइन्छ ।
यसैगरी कोभिड १९को संक्रमणमुक्त भएको एक महिना नपुगेसम्म पनि यो खोप लिन हुँदैन्। मन्त्रालयका अनुसार कोरोना संक्रमणमा परेर प्लाज्मा थेरापी र मोनोक्लोनल एन्टिबडिज विधिबाट उपचार गरिएको भए तीन महिनापछि मात्र कोरोना विरुद्धको खोप लगाउन सकिन्छ । त्यसअघि यो खोप लगाउन मिल्दैन्।
यी अवस्थाबाहेक सबैले कोरोना विरुद्धको खोप लगाउन मिल्ने जनाइएको छ । तर दीर्घ रोग भएकाहरुले आफूलाई शंका लागेमा स्वास्थ्यकर्मीसँग सल्लाह गरेर खोप लगाउन सकिनेछ । खोप लगाउन जाँदा आफूलाई भएको स्वास्थ्य समस्या र खाइरहेको औषधिकावारेमा भने स्वास्थ्यकर्मीलाई जानकारी गराउन जरुरी हुन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा