आजदेखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसेल खोप लगाइँदै
प्राध्यापक तथा शिक्षकहरु पनि खोप लगाउने प्राथमिकतामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि ५५ वर्ष माथिका उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।
५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो उमेर समूहका व्यक्तिसँगै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि भेरोसेलको पहिलो मात्रा खोप लगाइने भएको छ । त्यसका लागि आफनो परिचय खुल्ने कार्ड लिएर जानुपर्नेछ ।
यसैगरी सरकारले अत्याश्यक भनेर तोकेको सेवामा कार्यरत कर्मचारीले पनि भेरोेसेल खोपको पहिलो मात्रा पाउने छन्। उता कयौं देशहरुले कोरोना खोप अनिवार्य गरेपछि सरकारले खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखी भेरोसेल खोप दिइने भएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाएका छन् ।
आजदेखि लगाउन लागिएको खोप चीन सरकारबाट खरिद गरिएको भेरोसेल खोप हो । सरकारले ४० लाख डोज खरिद गरेकोमा ८ लाख डोज मात्र नेपाल आइपुगेको छ ।
त्यसो त सोमबार अमेरिकाबाट पनि १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप आइपुगेको छ । यो खोप एक डोज लगाए मात्र पुग्ने बताइएको छ । यो खोप भने ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइने भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा