खोप अनिवार्य गरेका देशमा जाने नेपालीले भिसा देखाएर खोप लगाउन पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई सरकारले कोरोना विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अनिवार्य गरेका देशमा जान लागेका नेपाली नागरिकलाई कोरोना विरुद्धको ‘भेरोसेल खोप’ दिन लागिएको हो । यो अभियान भोलिदेखि नै सञ्चालनमा आउने मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ । यसरी खोप लगाउनका लागि भने सम्बन्धित देशको भिसा र पासपोर्ट अनिवार्य देखाउनुपर्नेछ ।
कोरोना महामारीको त्रास बढेपछि धेरै देशहरुले कोभिड विरुद्धको खोप लगाएपछि मात्र आफनो देशमा प्रवेश गर्न दिने भन्दै रोक लगाएका छन्। यो निर्णयले धेरै नेपालीहरु जो खोप लगाउन नपाएर भिसा लागेर पनि विदेस जान पाएका थिएनन उनीहरुलाई ठूलो राहत भएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा