थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप १८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार २१८ परीक्षण गरिएकोमा १८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर पीसीआर विधीबाट गरिएको परीक्षबाट ६ लाख ५५ हजार ४४९ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये ६ लाख १९ हजार ८९४ जना भने संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसंख्यासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ३८२ पुगेको छ ।
हाल देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा