वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आज उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन् । उक्त अत्याधुनिक भवनको २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले नै सिलान्यास गरेका थिए ।
वीर अस्पताल अहिले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित छ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले कोभिड १९ महामारीका बाबजुद् पनि अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जनाए । यो भवनमा अब एक सय आइसीयूसहित ५ सय बेडको वार्ड सञ्चालन हुनेछ ।
डा गौतमले नयाँ भवन सञ्चालनमा आएसँगै अस्पतालको स्तरोन्नती गर्दै अघि बढने बताए । वीर अस्पतालमा अहिले दुईवटा अक्सिजन प्लान्ट र एउटा लिक्वीड अक्सिजन प्लान्ट जडान भएको छ । नयाँ भवन बनेसँगै कोरोनाको तेस्रो लहर सामना गर्नका लागि सहयोग पुग्ने समेत जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण